मलेरियाविरुद्धको खोपले पायो स्वीकृति

54
  •  
  •  
  •  

एजेन्सी । मलेरियाविरुद्धको खोपले स्वीकृति पाएको छ। अब अफ्रिकाको अधिकांश क्षेत्रका बालबालिकाले अब मलेरियाविरुद्धको खोप लगाउन पाउने भएका छन्। खोपले स्वीकृति पाउनुलाई घातक मलेरियाविरुद्धको अभियानका लागि ऐतिहासिक सफलता मानिएको छ। मलेरियाका कारण विशेष गरी बालबालिका तथा शिशुहरुको ज्यान जाने गरेको थियो ।धेरै वर्षको प्रयासपछि मलेरियाविरुद्धको खोप तयार भएको हो। यो औषधि विज्ञानमा विश्वकै ठूलो उपलब्धिमध्येमा पर्छ।आरटिएस,एस नाम गरेको खोप ६ वर्ष पहिले नै प्रभावकारी प्रमाणित भएको थियो। घाना, केन्या र मालवीमा ‘पाइलट’ खोप अभियानपछि विश्व स्वास्थ्य संगठनले मलेरियाविरुद्धको खोपलाई स्वीकृति प्रदान गरेको हो। डब्लुएचओले खोप सब–सहारा अफ्रिकी क्षेत्रसँगै मलेरियाको संक्रमणदर उच्चदेखि मध्यम रहेको अरु क्षेत्रमा पनि खोप लगाउन भनेको छ। डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले मलेरियाविरुद्धको खोप प्रभावकारी भई स्वीकृति हुनु ऐतिहासिक क्षण रहेको बताएका छन्।


  •  
  •  
  •