बाढीपछिको मेलम्ची बजार [फोटो फिचर]

289
  •  
  •  
  •  

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले मेलम्ची बजारमा ठूलो क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले बगाउँदा ७ जनाको मृत्यु भएको छ । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ ।

अहिले घटनास्थलमा सभामुख अग्निप्रसाद सापकोटा पुगेका छन् । उनले बाढीपहिरोबाट भएको क्षति अवलोकन र राहत तथा उद्धारका लागि पहल गरिरहेका छन् ।

बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ ।

हेर्नुहोस् तस्बिरमा

तस्बिर स्रोतः आदित्य दाहाल


  •  
  •  
  •