सिन्धुपाल्चोक मेलम्ची पहिरोः बेपत्ता ८ जनाकै शव भेटियो(अपडेट)

89
  •  
  •  
  •  

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरो जाँदा बेपत्ता भएका ८ जनाकै शव भेटिएको छ। आइतबार बिहान साढे तीनबजेतिर गएको पहिरोमा पुरिएका ८ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रदेश सरकारले बनाउँदै गरेको कभर्डहल निर्माणमा संलग्न कामदार बसेको घर पहिरोले पुरिँएको हो ।

पहिरोले पुर्दा ९ जना बेपत्तामध्ये भारत बेतीया घर भएका बारू शाहलाई सुरक्षाकर्मीको टोलीले जीवित उद्वार गरेको थियो। शाहको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचारपश्चात थप उपचारका लागि एयर डाइनेस्टीको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

मृत्यु हुनेमा वीरगञ्जका ३५ वर्षे प्रदीप चौरसिया, २१ वर्षका राजेश चौधरी, २५ वर्षका विक्रम थिंग, २३ वर्षका मानबहादुर रुम्बा, २० वर्षका सिमन घ्लान, २१ वर्षका शिव बालक धामी र १७ वर्षका सोनम लामा रहेका छन् ।

यस्तै भारतीय नागरिक ४२ वर्षका राजेन्द्र चौरसियाको पनि निधन भएको छ । कवर्ड हल निर्माणका लागि खटिएका ९ मजदुर बसेको टिनका टहरा सोमबार बिहान साढे तीन बजेतिर माथिबाट खसेको पहिरोले पुरिएको हो । स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएका थिए ।


  •  
  •  
  •