मेलम्ची खानेपानी आयोजनाको सुरुङमा २ जना बेपत्ता

189
  •  
  •  
  •  

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा आयोजनाकै इञ्जिनियर र चालक रहेको बताइएको छ ।

फाइल तस्बिर

सुरूङबाट पानी परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्केपछि अवस्था बुझ्न गएका उनीहरू बेपत्ता भएका हुन् । वेपत्ता हुनेमा योजनाका सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिश गोहित रहेका बताइएको छ ।

गेट फुटेपछि सुरुङमा भरिएको पानीले बा १ झ ८७६४ नम्बरको एउटा हाइलक्स गाडीसमेत बगाएको छ। सुरुङ परीक्षणको क्रममा १७ नम्वर गेटमा समस्या आएको थियो।

गत साताबाट मात्रै मेलम्चीको पानी काठमाडौं लैजाने सुरुङमा परीक्षण थालिएको थियो।


  •  
  •  
  •