१७ वर्षकी मलालालाई नोबेल शान्ति पुरस्कार

92
  •  
  •  
  •  

Malala Yousafzaiकाठमाडौ, २४ असोज(एजेन्सी) : यस वर्षको नोबेल शान्ति पुरस्कार पाकिस्तानकी १७ वर्षीय किशोरी मलाला युसाफ्जाईले पाएकी छिन् । उनी सबैभन्दा कम उमेरकी नोबेल पुरस्कार विजेता समेत बनेकी छिन् ।

पाकिस्तानकी विद्यालयकी छात्रा मलालालाई पाकिस्तानमा महिला तथा बालबालिकाको शिक्षाका लागि गरेको लडाईका लागि उक्त पुरस्कार दिइएको हो । तालिबानीले स्कुले छात्रा मलालालाई उनले गरेको कार्यका कारण गोली हानेको थियो ।

उनले उक्त पुरस्कार कैलाश सत्यार्थीसँग बाँडेकी छिन् ।

मलालालाई तालिबानीहरूले टाउको र घाँटीमा गोली हानेका थिए । सन् २०१२ अक्टुबरमा विद्यालयबाट घर फर्कँदै गर्दा उनलाई बसमा नै गोली हानिएको थियो । उनले उक्त समयमा तालिबानीका विरूद्ध आवाज उठाएकी थिइन् ।

उनलाई उपचारका लागि बेलायतमा लगिएको थियो र उनी त्यहाँ आफ्ना पितासँग बसेकी थिइन् ।


  •  
  •  
  •