मकवानपुर गढीमा सरसफाई…(फोटोफिचर)

266
  •  
  •  
  •  

हेटौडा, २७ पुस(ओएनएस) : मकवानपुरको ऐतिहासिक तथा पर्यटकीय स्थल मकवानपुर गढीको सरसफाइ गरिएको छ । राष्ट्रिय एकता दिवसको अवसर पारेर मकवानपुर पर्यटन बोर्ड र सशस्त्र प्रहरी बल, हेटौडा, मकवानपुरको संयुक्त प्रयासमा आज मकवानपुर गढीको सरसफाई गरिएको हो ।

makawanpur-sanitation2बोर्डका सचिव किरण पौडेलका अनुसार उक्त सरसफाई कार्यक्रममा डिएसपी गोविन्द बहादुर खातीको नेतृत्वमा रहेको ५० जनाको टोली र बोर्डका सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोर्डका अध्यक्ष अनील कुमार खातीको पनि उपस्थिति रहेको सचिव पौडेलले जानकारी दिएका छन् ।

makawanpur-sanitationमकवानपुर पर्यटन बोर्डले विगत केही समयदेखी मकवानपुरमा पर्यटन विकासको लागि काम गरिरहेको छ भने पर्यटनसम्बन्धी विभिन्न कार्यक्रमहरूको आयोजना समेत गर्दै आएको छ । केही समयअघि पनि बोर्डले मकवानपुर र गढिको विकासका साथै त्यस क्षेत्रको प्रचार प्रसार गर्नका लागि के गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।

makawanpur-sanitation3मकवानपुर गढि नेपालको ऐतिहासिक र पर्यटकीय स्थल मध्येको एक हो । मकवानपुर गढी नेपालका लागि सधै रणनितीक महत्वको स्थान रहँदै आएको छ । मकवानपुरमा नै नेपाली सेनाले मिर कासिमका फौजबाट ५०० भन्दा धेरै राइफल, दुई तोप हात पारेर ४ वटा गुल्म श्रीनाथ, कालीबक्स, बर्दबहादुर र सबुज गुल्म बनाएको थियो । केही समय पछि पुरानो गोरख गुल्म समेत स्थापना गर्न सफल भयो । नेपाली सेनामा सेना ब्यवस्थीत गरिएको पहिलो अवसर थियो । नेपाली सेनाको इतिहासमा पहिलो चोटी बनाइएका यीनै संगठन रहेका थिए । साथै नेपाली सेनाले कुनै पनि विदेशी सेनासँग लडेको पनि पहिलो अवसर थियो ।

makawanpur-sanitation4यो युद्धमा मकवानपुर गढीका सेना नायक सरदार नन्दु शाह थिए । उनीसँग ४०० जति सेना, केही बन्दुक, अरू परम्परागत हतियार, खुकुरी, तरवार, घुएत्रो लगायत रहेका थिए । त्यसैले उनीहरू हान र भागको रणनीतिका साथ उत्रेका थिए जस्ले शत्रुलाई अचम्मित पारेको थियो ।


  •  
  •  
  •