तीन दलको बैठक साँझसम्मको लागि स्थगित

145
  •  
  •  
  •  

काठमाडौं , २० कात्तिक (ओएनएस) : पछिल्लो राजनीतिक गतिरोध अन्त्यको लागि सभामुख सुबास नेम्बाङसहित बसेको प्रमुख तीन दलको बैठक साँझसम्मको लागि स्थगित भएको छ ।

संबिधानसभाको संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा उत्पन्न भएको विवाद अन्त्यको लागि संबिधानसभा भवन बानेश्वरमा बसेको बैठक बिना निष्कर्ष स्थगित भएको हो ।

समितिका सभापति डा. बाबुराम भट्टराई बिरामी परेपछि बैंठकमा अनुपस्थित थिए । भट्टराई अनुपस्थित भएपछि विबादित बिषयमा छलफल हुन नसक्दै भन्दै बैठक सारिएको नेताहरुले बताए ।

साँझ साढे ५ बजेपछि बस्ने गरि स्थगित भएको बैठकमा प्रधानमन्त्री तथा काँगेस सभापती सुशील कोइराला, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड र एमाले बरिष्ठ नेता माधबकुमार नेपाल उपस्थित थिए ।


  •  
  •  
  •