संविधान संशोधन गर्न प्रमुख दल सहमत

127
  •  
  •  
  •  

काठमाडौँ, ७ मंसिर(ओएनएस) : प्रमुख दलहरू तराईमा देखिएको समस्या समाधानका लागि लागि सुशील कोइराला नेतृत्वको सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक अघि बढाउन सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख दलको बैठकले मधेसी मोर्चासँग सहमति गरेर संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको हो । कांग्रेस नेतृत्वको सरकारले समानुपातिक समावेशिताको सुनिश्चितता, प्रत्येक जिल्लामा एक निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नेलगायतका विषयमा संधिवान संशोधन गर्ने प्रस्ताव विधेयक संसदमा दर्ता गराएको थियो ।

बालुवाटार बैठकमा मधेसी मोर्चासहितको सहमतिमा विधेयक अघि बढाउने सहमति भएको कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।

बैठकले आन्दोलनकारीको ११ बुँदे मागबारे मधेसी मोर्चासँग छलफल गरेर पुन: बैठक बसेर साझा धारणा बनाउने निर्णय गरेको छ । साथै आन्दोलन शान्तिपूर्णरुपमा गर्न आग्रह गरेको छ ।

प्रमुख दलहरुको बैठकले संविधानले जनतालाई दिएको अधिकारबारे जानकारी गराउन संयुक्त र पार्टीगत रुपमा कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।


  •  
  •  
  •