१६  घण्टादेखि कोइलाखानीमा थुनिए मजदुर

217
  •  
  •  
  •  

दाङ, ४ फागुन (ओएनएस) : दाङमा रहेको  कोइलाखानीमा १६  घण्टादेखि  एक मजदुर थुनिएका छन् । दाङको स्युजा ३ पाखापानीस्थित कोइलाखानीमा आइतबारबाट थुनिएका हुन सोमबार बिहानसम्म उद्धार गर्न सकिएको छैन ।

कोईलाखानीमा काम गर्दै आएका सैघा ७ बाम्लाका ४२ वर्षिया भिमकान्त रावत १६ घण्टादेखि थुनिएको प्रहरीले जनाएको छ । आइतबार अपरान्ह ४ बजेतिर माटोले मुख थुनिएपछि उनी भित्रै फसेका हुन् । कमिरेचौर प्रहरी चौकीबाट प्रहरीको टोली गएपनि २ सय मिटर भित्र रहेकाले प्रहरी पनि भित्र छिर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयको टोली भने सोमबार बिहान मात्र उद्धारका लागि खटिएको छ । कोइलाखानीमा थुनिएका मजदुरहरु नारायण पुन र गोपाल बिक घाईते अवस्थामा कोइलाखानीमा निस्किएका छन् । काइलाखानीमा मजदुरहरु जोखिम मोलेर काम गर्न बाध्य छन् ।


  •  
  •  
  •