अवरुद्ध मैलुङ–स्याफ्रु सडक खण्ड मर्मत कार्य शुरु

84
  •  
  •  
  •  

रसुवा । शनिबारदेखि अवरुद्ध मैलुङ–स्याफ्रु सडक खण्ड सोमबारदेखि मर्मत कार्य शुरु गरिदैँछ ।  वर्षाका कारण आएको बाढीले सडक खण्डको ठुलोखोला क्षेत्रमा क्षति गरेपछि सडक अवरुद्ध भएको हो ।
बाढीले क्षति गरेको क्षेत्रमा सोमबारदेखि मर्मतको काम शुरु गरिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

बुधबारसम्ममा बिग्रिएको सडक मर्मत भइसक्ने छ । सडक मर्मत नसकिँदासम्म पासाङल्हामु मार्गको बेत्रावती धुन्चे सडक खण्डको प्रयोग गर्न सकिने छ । २०७५ जेठ ६ गते सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो ।

त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नति हुन सकेको थिएन् ।


  •  
  •  
  •