विश्व आप्रवासी दिवस मनाइदै

593
  •  
  •  
  •  

DSC_2496काठमाडौं ३ पस (ओएनएस) :  आज आप्रवासी दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन १९९० मा विश्व आप्रवासी कामदार र उनका परिवारको हक अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धी पारित भएको दिनको सम्झनामा हरेक बर्ष डिसेम्बर १८ तारिखका दिन यो दिवस मनाउन थालिएको हो ।   नेपालमा पनि सुरक्षित आप्रवासनको आवश्यकता, हामी सबैको प्रतिबद्धता भन्ने नारासहित सरकारी तथा गैरसकारी क्षेत्रबाट आज विभिन्न कार्यक्रम गरिंदैछ । श्रम तथा रोजगार मन्त्रालयको संयोजकत्वमा दिवस सप्ताहव्यापीरुपमा मनाइने भएको हो ।

सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हकअधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धी पारित भएको दिनको सम्झनामा सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाउने गरिएको छ । रोजगारी र जीविकोपार्जनका लागि अर्को देशमा गइ बस्ने प्रकृयालाई आप्रवासन भनिन्छ । आप्रवासी कामदारहरुमा चेतना जगाउने, आप्रवासी कामदारहरुलाई सम्बन्धित देशका घरेलु कामदारलाई जस्तै मान्यता र सुरक्षा प्रदान गर्नुपर्ने सन्देशसहित विश्वभर यो दिवस मनाउने गरिन्छ ।

अहिले विश्वका एकसयभन्दा बढी देशमा नेपालीहरु पुगेको विभिन्न तथ्यांकहरुले देखाएको छ । श्रम स्वीकृति लिएर विदेश जानेको संख्या गएको कात्तिक महिनासम्म करिब ३५ हजार रहेको श्रम तथा रोजगार मन्त्रालयको तथ्यांक छ । सरकारको अभिलेखमा नभई विभिन्न देशमा आप्रावासी जीवन बिताउनेहरु पनि थुपै्र रहेको मन्त्रालयको भनाइ छ ।


  •  
  •  
  •