ओलीले माफी नमागेसम्म एमालेसँग सम्बन्ध रहँदैन : महतो

165
  •  
  •  
  •  

rajenrda mahatoकाठमाडौं, २५ पुस (ओएनएस) : सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी जनतालाई अपमान गरेको आरोप लगाउदै एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउन संयुक्त मधेशी मोर्चाले सहयोग नगर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा अध्यक्ष महतोले एमाले अध्यक्ष ओलीले सिँगो मधेश र मधेशी जनतालाई होच्याउने काम गरेको उल्लेख गर्दै आफूहरु कुनै पनि हालतमा ओलीलाई प्रधानमन्त्री बनाउन सहयोग नगर्ने निर्णय गरेको बताएका छन् ।

‘एमालेसँगको हाम्रो सम्बन्ध ओलीले माफ नमाँगेसम्म रहँदैन ।’ उनले भने–‘मलाई अपमान गरेको भए त केही फरक पर्दैनथ्यो तर उहाँले सिँगो मधेशी जनता माथि अपमान गर्नुभयो, त्यसैले उहाँले मधेशी जनतासामू माफी नमाँगे एमालेसम्वद्ध कुनै बैठकमा हामी सहभागी हुँदैनौं ।’ उनले ओलीले माफी नमाँगे त्यसको जवाफ मधेशी जनताले दिने पनि चेतावनी दिए ।

महतोले मधेशको भू–भागकुनै हालतमा पनि पहाडमा गाभ्न नहुने जिकिर गरे । ‘मधेशको भू–भाग हरण गर्ने कामगलतहो, झापा, मोरङ्ग, सुनसरी, कैलाली, कञ्चनपुर मधेशबाट अगल बनाउनै मिल्दैन, यी जिल्लाहरु अलग गरियो भने ठूलो द्वन्द्व हुन्छ । ’ महतोले भने ।


  •  
  •  
  •