सभामुखमा वाम गठबन्धनबाट महराको एकल उम्मेदवारी दर्ता

360
  •  
  •  
  •  

काठमाडौं, २५ फागुन (ओएनएस) : प्रतिनिधि सभाको सभामुखमा वाम गठबन्धनकबाट माओवादी केन्द्रक नेता कृष्णबहादुर महराको एकल उम्मेदवारी दर्ता भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी नदिने बताएपछि महरा एकल उम्मेदवार बनेका हुन्।

सभामुखका लागि अन्य कसैले उम्मेदवारी दर्ता नगराए महरा एकल उम्मेदवार हुनेछन् भने उनलाई भोली बस्ने संसदको बैठकले सभामुख घोषणा गर्नेछ ।

एकमात्र उम्मेदवारी परे संसद बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समगर्थन गरेपछि निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था रहेको संघीय संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।


  •  
  •  
  •