४० विद्यालयका बैंक खाता रोक्का

264
  •  
  •  
  •  

महोत्तरी, ३ पुस  (ओएनएस) : गैरसरकारी संस्थाको सहयोगमा विद्यालय क्षेत्र सुधार कार्यक्रम संचालन गरिरहेका महोत्तरीको ४० वटा विद्यालयका बैंक खाता रोक्का गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोग आसमान नेपालले साढे २ बर्ष अघि शुरु गरेको विद्यालय क्षेत्र सुधार कायक्रमअन्तर्गत आधारभूत शिक्षामा सुधार परियोजना सम्पन्न भइसक्दा समेत खाता रोक्का गरिएकोमा प्रधानाध्यापक तथा विद्यालय व्यबस्थापन समितिका पदाधिकारीहरु अक्रोसित भएका हुन् ।

जिल्ला शिक्षा कार्यालयको समन्वयमा शुरु भएको कार्यक्रमअन्तर्गत दुई कोठे कक्षाकोठा र फर्निचर तथा पुस्तकालय व्यबस्थापन, नक्साङ्कन, क्षमता अभिबृद्धिसहितका काम सम्पन्न गरिएको आसमानले दाबी गरेको छ ।
एक विद्यालयका प्रधानाध्यापक भोगेन्द्र चौधरीले भने ‘दातृ संस्था र शिक्षा कार्यालयबीच तालमेल नै राम्रो नहुँदा निकै सास्ती भोग्नुपरेको छ । शिक्षाको प्राविधिकभन्दा बढी जानकार हाम्रो गाउँको मिस्त्रीहरु छ ।’

भवन निर्माणको काम गर्दा शिक्षा कार्यालयका प्राविधिकहरुले निकै तनाव दिने गरेको अनुभव प्रधानाध्यापकहरुले सुनाए । भवनको लागि नक्सा बनाएर पास गर्ने र जति पटक प्राविधिक निर्माणस्थलमा जाँदा नयाँ नयाँ काम थप्न निर्देशन दिएर फर्किने गरेका थिए । जबकि हाम्रा गाउँका मिस्त्रीले शुरुमै यो नक्सा बमोजिम काम गर्दा निर्माण कार्य सफल नहुने बताउँदै आएको गुनासो शिक्षा कार्यालयमा गर्दा समेत शुरुका दिनमा कसैले नसुनेको विद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरुले बताए ।

जिल्ला शिक्षा अधिकारी अरबिन्द लाल कर्णले आसमानले छनौट गरेको ४० वटा विद्यालय र अन्य विद्यालयमा खासै फरक नपाएको बताए । त्यस्तो कुनै नमूना विद्यालय छ भने देखाउन चुनौती दिदैं गैरसरकारी संस्थाले सहयोग गरेका सामग्रीहरुको उचित ब्यबस्थापन, भवन निर्माण कार्यको अन्तिम प्रतिवेदन लगायतका कागजातहरुको मूल्याङ्कन नहुँन्जेल खाता रोक्का रह्ने बताए । नेपाल शिक्षक यूनियनका अध्यक्ष बिनोदानन्द झा, नेपाल शिक्षक संघका अध्यक्ष सुशिल यादव , नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष फूलबाबु झासहितका ब्यक्तिहरु प्रधानाध्यापक रहेका विद्यालयहरु आसमानले छनौट गरेको थियो ।


  •  
  •  
  •