बर्दिबासमा आगलागीबाट २५ लाखको क्षती, चार घर जलेर नष्ट

829
  •  
  •  
  •  

mahottari_districtमहोत्तरी , २६ चैत (ओएनएस)  : बर्दिवास नगरपालिका ८ स्थित किसाननगरमा बुधबार राति आगालागी हुँदा चार घर जलेर नष्ट भएको छ ।

रामआशिष महत्तोको घरबाट सल्केको आगोले एक परिवारका चार दाजुभाईको घर जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । गहुँ कुटाउने थ्रेसरबाट आगोको सुरुवात भएको प्रहरीले जनाएको छ । एक्कासी आगो गहुँको भुस्सामा सल्केको आगोले घरमा भएको अन्नपात , लत्ताकपडा, घरमा राखेको नगद पैसा समेत जलेर नष्ट भएको छ ।

आगलागीबाट २५ लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको किसाननगर प्रहरी चौकीका इन्चार्ज विनयकुमार यादवले जानकारी दिनुभयो । साँझ ७ बजेबाट सल्केको आगो प्रहरी र स्थानीयको प्रयासमा ४ घण्टा लगाएर नियन्त्रणमा लिईएको थियो ।

आगलागीबाट एकलाख रुपैयाँ नगद पनि जलेको पीडित रामआशिष महतोले बताए । आगलागीबाट घर पुर्ण रुपमा क्षती भएको छ भने आगलागी पिडितहरु आफन्तको घरमा पुगेका छन् ।


  •  
  •  
  •