महोत्तरीमा स्वतन्त्रसहित चार महिला प्रमुख पदको उम्मेदवार

278
  •  
  •  
  •  

minaskshi
महोत्तरी, २३ भदौ (ओएनएस) : महोत्तरीको चार स्थानीय तहको प्रमुखमा चार जना महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

जिल्लाका १५ स्थानीय तहमध्ये चार तहको निर्वाचनमा महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका हुन् । चार जनामध्ये एक जना महिलाले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

गौशाला नगरपालिकामा संघीय समाजवादी फोरमबाट रामकुमारी महतो, वहुजन समाजवादीबाट फुलकुमारी देवी सादा र समसी गाउँपालिकाको प्रमुखमा नेकपा एमालेबाट मिनाक्षी साहले उम्मेदवारी दिएकी छन् ।

त्यस्तै, बर्दिवास नगरपालिकामा स्वतन्त्रबाट संगीता हमालले प्रमख पदमा उम्मेदवारी दिएकी छन् । यसअघिका निर्वाचनहरु जस्तै तेस्रो चरणको निर्वाचनमा पनि अधिकांश राजनीतिक दलले महिलालाई उपप्रमुखमै सीमित राखेका छन् ।


  •  
  •  
  •