पूर्णसाक्षर जिल्ला बनाउन आग्रह

175
  •  
  •  
  •  

महोत्तरी, ४ पुस (ओएनएस)  : साक्षरता प्रतिशत कम भएकोमा गर्व गर्नुको साटो महोत्तरीलाई पूर्णसाक्षर जिल्ला बनाउन सहयोग गर्न अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बाबुराम पौडलले सरोकारवालाहरुलाई आग्रह गरेका छन ।

केन्द्रद्वारा महोत्तरीमा आयोजित अन्तरक्रियामा बोल्दै निर्देशक पौडेलले ६७ सालदेखि साक्षरता अभियान चलाइएपनि सफलता प्राप्त हुन नसकेकोले अन्तिम पटक महोत्तरीवासीसँग सहयोग माग्न आएको बताए । उनले भने ‘यस बर्ष निरक्षरहरु साक्षर हुनैपर्छ, पढ्न नआए राज्यबाट पाउने सेवासुविधाबाट बन्चित हुनुपर्छ । अर्को बर्ष साक्षरता अभियानकै लागि महोत्तरीमा पैसा आउँदैन ।’ सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लावासीको व्यवहारबाट पनि साक्षरता कम रहेको महसुस भएको जिकिर गरे ।
माघ १ गतेदेखि संचालन हुने सघन साक्षरता अभियान अन्तर्गत महोत्तरीमा एक लाख ६४ हजार मानिसलाई साक्षर बनाउने लक्ष्य रहेको छ । यसका लागि नौ करोड २८ लाख रुपैया विनियोजना भएकोले आठ हजार सहजकर्ता र आठ सय अनुगमनकर्ता खटाइने शिक्षा अधिकारी अरबिन्द लाल कर्णले बताए । महोत्तरीमा कूल जनसंख्याको २५ प्रतिशत मानिस निरक्षर रहेका छन् । अन्तरक्रियामा राजनैतिक दल, शिक्षक फ्रन्ट, सामुदायिक अध्ययन केन्द्र, गैरसरकारी संस्था, संचारकर्मीसहितको उपस्थिती थियो ।


  •  
  •  
  •