१४ जना मिलेर गरे गाविस सचिवलाई अपहरण

140
  •  
  •  
  •  

महोत्तरी, २५ असार । महोत्तरीको एकडारा बेला गाविसका सचिवलाई १४ जना मिलेर अपहरण गरेका छन् ।  नैनी–४ बस्ने ५६ बर्षीय गाविस सचिव सिया शरण रायलाई १४ जना मिलेर अपहरण गरेका हुन् ।

उनीहरुले सचिव रायलाई विआर ५५ ए ५१६५ नम्वरको गाडीमा राखी अपहरण शैलीमा लागेका थिए । बजेट सम्बन्धि विषयमा विवाद बढेपछि उनीहरु अपहरणमा उत्रिएका थिए । सचिव रायलाई अपहरण शैलीमा लगेको खबर पाएपछि प्रहरीले  १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२० बर्षीय अखिलेश यादव सहित १४ जनाले बजेट सम्बन्धी बिषयलाई लिएर विहीबार अपहरण गरेको भन्दै पक्राउ गरिएको पक्राउ गरिएको प्रहरीले जनाएका छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त गाडी सहित पक्राउ गरेको हो ।


  •  
  •  
  •