१४ बर्षिया बालिकालाई भारत पुर्याएर बलात्कार

149
  •  
  •  
  •  

mahottari_districtमहोत्तरी, २० चैत (ओएनएस) :  सर्लाहीकी १४ बर्षीया बालिकालाई बलात्कार गरी एक व्यक्ति फरार भएका छन् ।  जिल्लाको खैरबा गाउँबाट बालिकालाई फकाएर भारत लगेर बलात्कार गरेपछि भाग्ने महोत्तरी बथनाहा गाउँ बिकास समिति ८ का सत्रुधन प्रसाद साहको खोजी शुरु गरिएको छ ।

चैत्र ३ गते भारत लगिएकी बालिकाको १५ दिनपछि भारतीय प्रहरीकै सहयोगमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरील जनाएको छ ।

बालिकाका बाबुले महोत्तरी प्रहरीमा साह लगायतका बिरुद्ध अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी मुद्धाको जाहेरी दिएकाले थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको छ ।

यता भारतको पञ्जाबबाट भगाएर महोत्तरीमा राखिएकी १२ बर्षीया बालिकाको उद्धार गरि परिवारको जिम्मा लगाइएको छ ।

पुर्खौली घर बारा जिल्लामा रहेपनि कामको सिलसिलामा परिवारसहित पञ्जाब बस्दै आएकी बालिकालाई ६५ बर्षीय रामबहादुर चौधरीले जेठ १६ गते फकाएर हरिहरपुर हरिनमरी गाउँ बिकास समिति वडा नम्बर ५ स्थित आफ्नै घरमा ल्याएर राखेका थिए । प्रहरीले सूचना प्राप्त भएलगत्तै बालिको उद्धार गरि रामबहादुरका भाई भोगेन्द्रलाई पक्राउ गरेको छ ।

बालिकाकी बाबु सुरेन्द्र यादवले दिएको जाहेरी अनुसार जिल्ला अदालत महोत्तरीमा अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणीको मुद्धा दर्ता भएकोले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रामबहादुर भारतमै रहेकोले खोजविन भइरहेको जनाइएको छ ।


  •  
  •  
  •