सीमानाका दलीत बस्ती भारतीय सुरक्षा बलले हटायो, डेढ सय परिवारकाे बिचल्ली

170
  •  
  •  
  •  

mahottari_districtमहोत्तरी, ५ चैत (ओएनएस)  : महोत्तरीको बथनाहा गाउँ बिकास समितिसँग जोडिएको नेपाल–भारत सीमाना दशगजामा रहेको बस्ती भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले हटाएको छ । भारतीय सुरक्षाकर्मीले दशगजामा बसोबास गर्दै सुकुम्बासी दलित समुदाय मुसहर, खत्वे र बिन जातिका १५० घर भत्काई खाली गराएको प्रत्यक्षदर्शीले बताए ।

बस्तीमा रहेका घरहरु भत्काइएपछि घरबिहिन भएकाहरु खेतमा पाल टाँगेर बसिरहेका छन् । भारतीय सुरक्षाकर्मीले माघ २९ गते नै पाँचदिनभित्र बस्ती खाली गर्न उर्दी जारी गर्दा अटेर भएपछि आफै भत्काउन सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले भारतीय क्षेत्रको बस्ती खाली भएको खबर आएको बताए । उनले भने, ‘नेपाली सीमानाको बस्ती भत्काइएको छैन । भारतीय सीमानामा पर्ने बस्ती हटाइएकोले यसमा समन्वयको कुरा हुँदैन । बरु बिस्थापितहरु नेपालमा प्रवेश नगरुन भनेर नेपाली सुरक्षाकर्मी खटाइएको छ ।’

दशगजामा बसोबास गर्नेहरुसँग नेपाली नागरिकता नै रहेको एकीकृत माओवादीका नेता सत्येत्द्र यादवले जिकिर गरेका छन् । सुकुम्वासी भएकाले ती दलित समूदाय बर्षोदेखि दशगजामा बसोबास गरिरहेको तथा पटक पटक जग्गा माग गर्दा समेत स्थानीय प्रशासनले चाँसो नदिएको आरोप मानवअधिकार संरक्षण केन्द्रका अध्यक्ष मदन झाको आरोप छ ।


  •  
  •  
  •