मकवानपुरमा ‘थाहा महोत्सव’ हुदै

114
  •  
  •  
  •  

मकवानपुर ३ भदौ (ओएनएस) : मकवानपुर उद्योग वाणिज्य संघले आयोजनागर्न लागेको कृषि, पर्यटन व्यापार मेला, ‘थाहामहोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ । २६ भदौ  देखि  ४  असोजसम्म इन्द्रायणी चउरमाहुने महोत्सवमा  १ सय २५ वटा स्टल रहने महोत्सव सचिवालयले जनाएको छ । महोत्सव आयोजकका तर्फबाट महासचिव सुरेन्द्रमान प्रधानले  दिएको जानकारी अनुसार  महोत्सवमा करिब ४ करोड रुपियाँको आर्थिक कारोबारको लक्ष्यलिइएको छ । पहिलो पटक आयोजना गरिएको महोत्सवले उत्तरी मकवानपुरको आर्थिक क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सवमा दैनिक रुपमा कृषि सामग्रीहरुको विक्री तथा प्रदर्शनी गरिनेछ  भने, पशुपालनतर्फ बाख्राको आधुनिक खोर प्रदर्शन, परामर्श समेत दिइनेछ ।

महोत्सवमा उत्तरी मकवानपुरका विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार समेत गरिनेछ । करिब २ लाख मानिसले अवलोकनगर्ने अपेक्षा गरिएको महोत्सवमा आलु तथा माछाका परिकारहरुका स्टलहरुले आकर्षण गर्ने अपेक्षा लिएको छ ।


  •  
  •  
  •