इलामको टुँडिखेलमा पर्यटन महोत्सव हुने

1114
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर(ओएनएस) । प्रदेश नं १ अन्तरगत इलामको टुँडिखेलमा पुस ५ देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ आयोजना गरिने भएको छ ।

झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो ।
१२ दिनसम्म चल्ने महोत्सवमा १ सय ५० व्यावसायिक स्टल रहने छन् ।

चार जिल्लाका कृषि उत्पादन, हस्तकलाका सामग्री प्रदर्शनीका साथै परम्परागत जातीय संस्कृति झल्कने प्रस्तुति रहने आयोजकले जनाएको छ ।

५० हजारभन्दा बढीले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा अनुमानित ५० लाख खर्च हुने आयोजक इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिले जनाएको छ ।

महोत्सवको प्रवर्द्धकका रूपमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड र मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समिति रहेका छन् ।


  •  
  •  
  •