यी युवतीले महिनावारीकाे पिडा झेल्ना नसकेपछि गर्नै नहुने काम गरिन्

290
  •  
  •  
  •  

५ चैत्र : बेलायतकी एक युवतीले महिनावारीकाे पिडा झेल्ना नसकेपछि गर्नै नहुने काम गरेकी छिन्। महिनावारीका बेला केही पिडा हुनु, तनाव हुनु आम कुरा हो र अधिकांश महिलाले यो सबै सहेकै हुन्छन् । तर, कहिलेकाहीँ यो समस्या यतिसम्म बढ्छ कि महिनावारी केही महिलाको लागि अभिशाप बन्छ। यस्तै बेलायतकी लुसी नामकी यी युवतीलाई पनि महिनावारीले निकै सताएको थियो ।

महिनावारीका ५ दिन हुने पीडालाई झेल्न नसकेपछि ती युवतीले निकै ठूलो निर्णय गरिन् । उनले अन्ततः आफ्नो पाठेघर नै निकालेर फालिदिएकी छिन् । २८ वर्षको उमेरमा लुसीले यति ठूलो निर्णय लिएकी हुन् । लुसीलाई पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर नामको समस्या थियो।

यो समस्याका कारण उनलाई महिनावारीका बेला सहनै नसकिने पीडा हुन्थ्यो । महिनावारी उनको लागि यतिसम्म खतरनाक बन्थ्यो कि महिनाका ती ५ दिन उनी आफ्नो स्वभावको ठिक विपरित बन्थिन् । यही कारण उनले यतिसम्म ठूलो निर्णय लिएको बताएकी छिन्


  •  
  •  
  •