‘महिला हिंसा न्यूनीकरण गर्न राज्य जिम्मेवार हुनुपर्छ’

135
  •  
  •  
  •  

कोरोनाको महामारी बढिरहँदा महिलामाथिका हिंसा पनि बढिरहेको छ । अझ बालिकामाथिको बलात्कार अत्यन्त धेरै बढेको छ । यसरी महिला हिंसा चरमस्थितिमा बढेको छ ।

सरकारले बलात्कारसम्बन्धी कानूनलाई कडा पार्ने अध्यादेश जारी गरेको छ । कानून नयाँ बनाउँदै थप्दै अगाडि बढाउने भन्दा पनि भएको कानूनलाई कार्यरुप दिने र ती अपराधिलाई अपराधि हो भनेर यो सजायको कठाघरमा ल्याउने काम राज्यले गरिरहेको छैन् । त्यसैले दण्डहिनता र भ्रष्टाचार अत्याधिक बढेको छ ।
यो यौनजन्य अपराध गर्ने अपाराधिहरु पनि अहिले उन्मुक्त भएको अवस्था छ । भएको कानूनलाई राज्य सरकार र समाजले कार्यन्वयन गराउनेतिर जोड दिनुपर्छ । समाजलाई ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने जुन उदेश्य राज्यको हो । त्यो उदेश्यको छेउ पनि हुन सकेन । उहाँहरुको आन्तरिक कलह, आन्तरिक झगडा, कुर्चिको हानथापमा दिन वितेको छ ।
राज्यमा भएका दिदीबहिनीहरु, महिलाहरु हिंसामा बाँच्नुपर्ने अवस्था छ । रोजगारी टुटेको छ । महिलाहरुको स्थिति अत्यन्त दयनिय अवस्थामा छ ।

आत्महत्या बढेको छ । हिंसालाई न्यूनीकरण गर्नका निम्ति राज्य जिम्मेवार हुनुपर्छ । समाजले पनि यसलाई कसरी अगाडि बढाएर जाने, हिंसा न्यूनीकरण गर्ने हो, हिंसा अन्त्य गर्नुपर्ने हो । त्यो बारेमा सोच्नुपर्ने देखिन्छ ।

महिला हिंसा घरभित्रको हिंसा, कार्यस्थलमा हुने हिंसा, बाहिर हिँड्दा हुने हिंसालाई हामी अनुमान गछौं । १६ दिनमात्रै महिला हिंसा विरोधी दिवस मनाएर हाम्रो जिम्मेवारी पूरा हुँदैन् । महिलामाथि हरेक दिन, हरेक मिनेट, हरेक क्षण हिंसा भइराखेको छ । यो नहुने वातारण बनाउनका निम्ति घरभित्र महिला, पुरुष, समाज, सरकार सबै जिम्मेवार बन्नुपर्छ । अहिले हिंसाको रुपमा पनि परिवर्तन भएको छ ।

गाउँघरमा हुने हिंसाको कुरा गर्दा उहाँहरु अलि खुल्ला हुनुहुन्छ । बन जंगल, घास, दाउरामा भूलेर उहाँहरुले आफ्नो दिनचर्या विताइ रहनुभएको छ । काठमाडौंमा हामी कोठाभित्र दिनचर्या विताइरहेको स्थिति छ । प्राकृतिक स्वतन्त्रताको अनुभूति गाउँघरमा महिलाले धेरै अनुभूति गर्नुभएको छ । त्यहाँ स्वास्थ्यको सुविधा नहुने, समयमै अस्पाताल नलगिदिने र गर्भवती महिलालाई अत्यन्त समस्या छ । गाउँपालिका, नगरपालिकाले महिलाको स्वास्थ्यका विषयमा गम्भीर भएर सोच्नुपर्ने समय आएको छ ।

धेरै महिलाहरु रक्तश्रापकै कारण मृत्यु वरण गर्न बाध्य छन् भने कतिले सन्तान गुमाएको अवस्था छ ।
एउटा महिला मर्नु भनेको एउटा आमा मर्नु हो, एउटा छोरी, मर्नु हो, एउटा श्रीमती मर्नु हो, एउटा परिवारको सदस्य मर्नु हो । एउटा महिला मर्नेवित्तिकै भोली अर्को ल्याइ हाल्छु भन्ने जुन सामाजिक मान्यता छ । त्यो हिंसाको दृष्टिकोणले अत्यन्त निन्दनिय छ । गलत छ । छोरी बुहारी, र श्रीमतीलाई बचाउने अभियानमा हाम्रो परिवार, हामी आफैँ पनि लाग्नुपर्छ ।

महिलाहरुले आफैँपनि आफुभित्रको समस्या भन्न सक्ने वातावरण घरभित्र छैन् । सासु, अमाजु, श्रीमाने त्यो महिलाको कुरा सुन्नुपर्छ । त्यो बुहारीको आवश्यकतालाई सुनिदिएर उसको आन्तरिक समस्यालाई हल गर्ने गरि अगाडि बढ्नुपर्छ ।

अहिले गर्भवती महिलालाई हेलिकोप्टरबाट ल्याउने त गरिएको छ । तर समयमै हेलिकोप्टर नगएका कारण धेरै महिलाहरको मृत्यु भएको छ । स्थानीय तहमा नै, त्यहाँका निर्वाचित सदस्यहरुले, त्यहाँका दिदीबहिनीहरुले, दाजुभाइहरुले आफ्नो गाउँमा भएका दिदीबहिनीहरुलाई बचाउनका लागि, उहाँहरुको स्वास्थ्यलाई ख्याल गर्न त्यतिबेला विशेष ध्यान दिनपर्छ ।
महिला हिंसा अन्त्य गर्ने कुरालाई खालि १६ दिनको अभियानले मात्र पुरा हुँदैन् ।
हरेक दिन, हरेक क्षण, हिंसारहित वातावरणमा महिलाहरु बाँच्न पाउनुपर्छ ।

त्यो बनाउने भूमिका महिलाहरुको पनि हो । आफुमाथि भएको अन्याय अत्यचार उसले भन्न सक्ने स्थिति बन्नुपर्छ । अर्को सुदुरपश्चिममा जुन छाउगोठ छ । त्यो छाउगोठ भत्काएर मात्र यो अन्त्य हुँदैन् । त्यो मनस्थितिमा हिजोदेखि जुन सामन्तवादले जरो गाँढेको छ । त्यसको जुन अन्धविश्वास छ । त्यो अन्धविश्वासलाई पहिला दिमाखबाटै हटाउनु पर्छ र त्यस्ता सचेतना कार्यक्रम गर्नुपर्छ । त्यसको लागि शिक्षा हो, चेतना हो ।

अर्को हामीले प्रजनन् स्वास्थ्य अधिकारका क्षेत्रमा महिलाहरुलाई जसरी हिंसा गरिन्छ । त्यो हिंसाको अन्त्य गर्नका निम्ति सबै महिलाहरु, सबै पुरुषसाथीहरुले यो छुइ हुँदैमा छुइ प्राकृतिक नियम हो भन्नुपर्छ । कामच्छ मन्दिरमा छुइ भएको बेला जुन पुजा गर्ने परम्परा छ । महिनावारी हुनु भनेको महिलाहरुले शक्ति आर्जन गर्ने हो । त्यो शक्ति आर्जन गरेको हो भन्ने कुरालाई हामिले चेतना फैलाउनुपर्छ । धार्मिक अन्धविश्वासको जुन हाम्रो समाज छ । सामन्ति समाज छ । यो समाजाई रुपान्तरण गर्नका लागि हामी अगाडि लाग्नुपर्छ ।

महिनावारीलाई हामि कसरी व्यवस्थापन गर्ने, कसरी बुझ्ने महिनावारी के हो भन्ने कुरामा हामीले पाठ्यक्रममा राख्ने, शिक्षा दिने र सानैदेखि चेतनाको रुपमा अन्धविस्वार हटाउनु लाग्नुपर्छ ।
महिला आन्दोलनमा लागेकाहरु, महिला आन्दोनलाई सहयोग गर्ने पुरुषहरुको पनि महत्वपूर्ण भूमिका रहेको छ । यो अवसरमा हामीले घरभित्र हुने, समाजमा हुने, राज्यले गर्ने सबै खालका हिंसाहरुलाइ किटान गरेर हिंसाको अत्य गर्नका लागि महिलाहरुकासे स्वतन्त्र, स्वभिमानी रुपले आफ्नो शरिरको अधिकारलाई सदुपयोग गर्ने गरि अघि बढ्नुपर्ने देखिन्छ ।


  •  
  •  
  •