महिलाको मृत्युको विषयलाई लिएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध

343
  •  
  •  
  •  

मोरङ, १० वैशाख(ओएनएस) : मोरङको पथरीका महिलाको मृत्युको विषयलाई लिएर स्थानीयले आज पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै बजार बन्द गराएर नगरपालिकामा समेत तालबन्दी गरेका छन् ।

वैशाख ७ गते भएको २९ वर्षीया रिना(रुपा) बस्नेतको मृत्युको विषयलाई लिएर स्थानीय आक्रोशित भएका हुन् ।
स्थानीयले पथरीमा श्रृंखलाबद्ध रुपमा अपराधका घटना भैरहँदापनि प्रहरी र नगरपालिकाले नागरिकलाई सुरक्षा प्रदान गर्न नसकेको आक्रोश पोखेका छ ।

यसैबीच स्थानीयले नगरपालिकाको कार्यालयमा तोडफोड समेत गरेका छन् ।  आन्दोलित भीड तितरवितर पार्न प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ ।

मृत्युको विषयलाई लिएर स्थानीय जनप्रतिनिधिको टोली र प्रहरीबीच भित्र छलफल चलिरहेको छ । बाहिर भने स्थानीयले नारावाजी गरिरहेका छन् ।

यसअघि सोमबार पनि प्रहरीविरुद्ध नारावाजी गर्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए । घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै कबिता पराजुलीको नेतृत्वमा २५ सदस्यीय संघर्ष समिति समेत गठन गरेका छन् ।

उनिहरुले रिनाको मृत्युबारे प्रहरीले सत्यतथ्य सार्वजनिक नगरेमा थप संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिँदै पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईलाई ज्ञापनपत्र बुझाएका थिए ।

पथरी बजारमा कस्टमेटिक पसल गरेर १३ वर्षीय छोरा साइमनसँगै भाडाको घरमा बस्दै आएकी २९ वर्षीया रिना बस्नेत ७ वैशाखमा बिहान घर अगाडि सडकमा नग्न अवस्थामा मृत भेटिएको थियो ।


  •  
  •  
  •