‘महिला हिंसाको प्रतिकार ‘अाफै’बाट गर्नुपर्छ’ : इन्स्पेक्टर गुरुङ

1124
  •  
  •  
  •  

काठमाडाैँ, १६ बैशाख (अाेएनएस) : महानगरीय प्रहरी प्रभाग वलम्वुका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) शर्मिला गुरुङले महिला हिंसाको प्रतिकार ‘अाफै’ बाट गर्नुपर्ने बताएकी छन्।

वलम्वु प्रहरी प्रभागको आयोजनामा महिला हिंसा विरुद्दको नाटक “नारी आवाज” तथा नागरिक सुनुवाइ कार्यक्रमलार्इ सम्बाेधन गर्दै इन्स्पेक्टर गुरुङले यस्ताे बताएकी हुन्।

इन्स्पेक्टर गुरुङले भनिन्,’ महिला हिंसाकाे प्रतिकार गर्न पहिले “स्वयम” बाट सुरु गरे मात्र महिला हिंसाको अन्त्य सम्भव हुन्छ।’

इन्स्पेक्टर गुरुङले अपराधलाई विभन्न किसिमका आवरण ओढाइदिने प्रवृतिले कहिलेकाही समस्यामा पार्ने गरेको अनुभव सुनाउँदै आफू स्थान विशेषसंग नभइ काम संग मोह राख्ने हुदा त्यस्ता असहज परिस्थितलाई सहर्ष स्वागत गर्न आफु सधै तयार र तत्पर रहेको बताइन्।

त्यस्तै कार्यक्रमकाे प्रमुख अतिथि महानगरीय प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विश्व पोखरेलले समाजमा हुने बिभिन्न खाले अपराधमा संलग्न अपराधिलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने बताए।

कार्यक्रममा नारी माथि हुने विविध किसिमका हिंसालाई ‘नारी आवाज’ नाटक मार्फत प्रस्तुत गर्नुका साथै थियो साथै नृत्य मार्फत नारी हिंसा बन्द गर्न आव्हान गरिएको थियो ।

कार्यक्रममा उपस्थित नागरीक समुदायले बलम्वु प्रहरी प्रभागले गरेका काम कारवाहीहरुको खुलेर प्रशंसा गर्नुका साथै शान्ति सुरक्षा सम्बन्धमा जिज्ञासा तथा सुझाव समेत राखेका थिए।

 

 


  •  
  •  
  •