झण्डै तीन महिनाको अवधिमा ६८० महिला तथा बालबालिका हिंसाको सिकार

54
  •  
  •  
  •  


काठमाडौं । झण्डै तीन महिनाको अवधिमा देशका ६३ जिल्लामा ६८० महिला तथा बालबालिका हिंसाको सिकार भएका छन् । महिला पुनस्र्थापना केन्द्र (ओरेकं) ले निषेधाज्ञाको अवधिमा महिलामाथि भएको हिंसाका घटनाहरूको तथ्यांक सार्वजनिक गर्दै सो जानकारी गराएको हो ।
निषेधाज्ञा सुरु भएको वैशाख १६ देखि असार ३१ गतेसम्म ६३ जिल्लाहरूबाट ६८० जना महिला तथा बालबालिका हिंसाको सिकार भएका छन् ।

उक्त घटनाहरु ओरेकले सञ्चालन गरेको २ वटा हटलाइन, मनोविमर्श कर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायिक संघसंस्थाहरूले संकलन गरेका हुन् । यी मध्ये १६३ घटनाहरु सञ्चार माध्यमबाट संकलन गरिएको ओरेकले जनाएको छ ।

 

 


  •  
  •  
  •