नेपाली महिला फुटबल टिमले बंगलादेशसँग दुई खेल खेल्ने

80
  •  
  •  
  •  


काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपुर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप २०२२ अघि एन्फाले बंगलादेशसँग दुई मैत्रीपुर्ण खेलको आयोजना गर्न लागिएको हो ।
महिला एसियन कपका लागि प्रशिक्षक ग्यारी फिलिप्सले ६ नयाँ खेलाडीलाई समेट्दै २३ सदस्यीय टिमको घोषणा गरिसकेका छन् ।

नेपालले असोज २ मा फिलिपिन्ससँग खेल्नेछ । समुह (एफ) मा नेपालसँगै हङकङ र फिलिपिन्स रहेको छ । यस्तै दोस्रो खेलमा नेपालले असोज ८ मा हङकङसँग खेल्नेछ ।

आउँदो भदौ २४ र २७ गते घरेलु मैदान दशरथ रंगशालामा हुने राष्ट्रिय महिला टिमको खेल हेर्नका लागि एन्फाले टिकट मुल्य समान्यतर्फ २ सय र भीआइपीतर्फ ५ सय तोकेको छ ।


  •  
  •  
  •