महिला भलिबल टिमको दोस्रो चरणमा १८ खेलाडी छनोट

385
  •  
  •  
  •  

काठमाडौं । नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेको महिला भलिबल टिमको दोस्रो चरणमा १८ खेलाडी छनोट भएका छन् ।

शुरूवाती चरणमा २५ खेलाडी छनोट भएकोमा दोस्रो चरणमा ७ खेलाडी बाहिरिएका छन् । नेपाल भलिबल संघले दोस्रो चरणमा १८ सदस्सीय टिमको छनोट गरेको हो । सुरूवाती चरणबाट बाहिरीने खेलाडीमा लक्ष्मी कुमाल, ममता डगौरा, कविता भट्ट, यमकली कुँवर मगर, पुष्पा शाही, सरस्वती कटेल, चन्द्रकला खरेल छिन् ।

यस्तै नियमित कप्तान विनिता बुढाथोकी, नेविका चौधरी, मञ्जु गुरुङ र कोपिला उप्रेतीले भने प्रारम्भिक टोलीमै स्थान बनाएका छन् । नेपाली टिमलाई प्रशिक्षक जगदिश भट्ट र शलिना श्रेष्ठले प्रशिक्षण दिईरहेका छन् ।

दोस्रो चरणमा प्रशिक्षणमा रहेका खेलाडी यसप्रकार छन् ।

पुनम चन्द
सोफिया पुन
हिरा केसी
कमला पुन
सलिना श्रेष्ठ
शान्ती तामाङ

प्रतिभा माली
सरस्वती चौधरी
निरुता ठगुन्ना
उषा भण्डारी
उषा विष्ट
रेष्मा भण्डारी
संगम महतो
जानकी भण्डारी
अरुणा शाही
शान्ति थारु
आरती सुवेदी
सुनिता खड्का


  •  
  •  
  •