महिला अधिकारका लागि साइकल र्‍याली

44
  •  
  •  
  •  

भक्तपुर, २५ फागुन(ओएनएस) : अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भक्तपुरमा साइकल र्‍याली सम्पन्न भएको छ ।

युवाका साथ साथ आवाज नेपालको आयोजना तथा सुर्यविनायक नगरपालिकाको सहयोग र गै.स.स महासंघ भक्तपुर, राष्ट्र निर्माण मञ्च नेपाल, ओरेक नेपाल, हामी दाजु भाई, नेपाल लोक स्टारको सहकार्यमा साइकल र्‍यालीको आयोजना गरिएको हो ।

‘अधिकारको लागि यात्रा’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य सरस्वती वाटीको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वातीले यस्ता कार्यक्रमहरुले जनचेतना अभिवृद्धि गराई समाज विद्यमान रहेको महिला विरोधी सोच विचारहरुलाई निरुत्साहित गर्न मद्दत पुग्ने बताइन् ।

उनले संविधानले परिकल्पना गरेको हक अधिकारहरुलाई पूर्ण रुपमा पालना गर्ने हो भने महिला माथि हुने हिंसाहरु कम हुँदै जाने विश्वास व्यक्त गरिन् ।

संस्थाका संस्थापक दिपेश विसुन्केले समृद्ध नेपालको आधार महिला हिंसा मुक्त समाज निर्माण गरी यस्ता सृजनात्मक गतिविधिहरुमा युवा वर्गहरुले नेतृत्व लिई समाजमा भएका विकृति विसंगतिको विरुद्धमा एक भएर लाग्न सहयोग पुग्ने बताए ।

संस्थाका सचिव श्रीकृष्ण थापाले यस्ता कार्यक्रमले महिला माथि हुन सक्ने विभिन्न हिंसा तथा दुव्र्यवहारलाई न्यून गर्न सहयोग पुगि जनमानसमा समेत सचेतना फैलाउने बताए ।

सानोठिमीबाट शुरु भएको साईकल र्‍याली दुधपाटी, कमलविनायक, जगाते, सुर्यविनायक हुँदै सल्लाघारीसम्म पुगेको थियो ।
कार्यक्रममा महिला माथि हुने हिंसा, दुव्र्यवहार जस्ता विभिन्न अपराधिक क्रियाकलापहरुको विरुद्धमा ऐक्यवद्धता जनाउन १ सय २७ जना युवाहरुले र्‍यालीमा सहभागिता जनाएका थिए ।


  •  
  •  
  •