नादेज्दा कपका लागि महिला फुटबल टिम कीर्गिस्तान प्रस्थान

305
  •  
  •  
  •  

काठमाडौं । नादेज्दा कप महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन नेपाली महिला फुटबल टिम बुधबार कीर्गिस्तान प्रस्थान गरेको छ ।

यहि सेप्टेम्बर आठ ताखिरदेखि र्कीर्गिस्तानमा हुने प्रतियोगिताका लागि नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बिदाइ गरेका छन् ।

सो अवसरमा सिलवालले खेलाडीले खेल्नु अगाडि बीमा बिनाको खेलमा स्वीकृति नदिन समेत निर्देशन दिएका छन् ।
उनले कुनै पनि प्रतियोगितामा सहभागिता जनाउन जानु भन्दा खेलाडी र रेफ्रिको बीमा अनिवार्य गराउनु पर्ने, यदि बीमा नभएको प्रतियोगितामा सहभागिताका लागि स्वीकृति नै दिन नहुने बताए ।

खेलाडी घाइते भएपछि कसले जिम्मेवारी लिने, उनीहरुको प्रदर्शन कसरी राम्रो गराउन सकिन्छ भन्नेमा ध्यान दिन अब ढिलो गर्न नहुने उनले बताए ।


  •  
  •  
  •