अष्ट्रेलियाका लागि नेपाली राजदूतमा महेशराज दाहाल नियुक्त

97
  •  
  •  
  •  

काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूतमा महेशराज दाहाल नियुक्त भएका छन् ।

संविधानको धारा २ सय ८२ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दाहाललाई अष्ट्रेलियाको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।
मानव तस्करीको आरोप लागेपछि यसअघिकी राजदूत लक्की शेर्पाले गएको पुसमा राजीनामा दिएकी थिइन् ।


  •  
  •  
  •