खेल क्षेत्रको समग्र विकासका लागि नयाँ ढंगको संघर्ष आवश्यक

91
  •  
  •  
  •  

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपाली खेल क्षेत्रको समग्र विकासका लागि नयाँ ढंगको संघर्ष आवश्यक रहेको बताएका छन् । सिंहदरबारस्थित कार्यालयमा मन्त्रीलाई भेट्न पुगेका अग्रज खेलाडीहरु कुरा गर्दै उनले समग्र नेपाली युवा तथा खेलाडीहरुको भविश्य निर्माणको जिम्मेवारी आफ्नो काँधमा आएको बताए ।

मन्त्री गहतराजले सबै पक्षसँगको सहकार्यबाट खेल क्षेत्रलाई माथि उठाउन मन्त्रालयले दिर्घकालीन योजना ल्याउने तयारी गरिरहेको समेत बताए । साफमा उपविजेता हुन सफल नेपाली फुटबल टिमका खेलाडीहरुलाई आफ्नै पहलमा जनही ५ लाख पुरस्कारकाको ब्यवस्था मिलाएको बताउँदै मन्त्री गहतराजले खेलाडीहरुको हौसाला तथा क्षमता विकासमा मन्त्रालयले कुनै कन्जुस्याई नगर्ने प्रतिवद्धता समेत जनाए ।

खेलाडीहरु बैकुण्ठ मानन्धर, हरी रोका, दिपक विष्ठ, संगिना बैद्य लगायतले खेलाडीहरुको मनोबल बढ्ने गरी सेवा सुविधाको ब्यवस्था मिलाउन आग्रह गरेका थिए । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडीहरु अझैं पनि न्युन सेवा सुविधामै चित्त बुझाउनुपर्ने अवस्थामा रहेको भन्दै उनीहरुले गुनासो गरेका थिए ।

अन्तर्राष्ट्रिय स्तरका खेल खेल्न विदेशी भुमिमा पुगेको समयमा समेत चिया र बिस्कुट खाएर मात्र गुजारा गर्नुपरेको अनुभव आफुसँग रहेको अग्रज खेलाडी बैकुण्ठ मानम्धरले बताए । आफ्नो उर्जावान समय राष्ट्रकालागि दौडिएरै बिताएको बताउँदै मानन्धरले राज्यबाट प्राप्त सेवा सुविधाले जिवन धान्न सक्ने अवस्था नरहेको बताए ।


  •  
  •  
  •