युवा लक्षित कार्यक्रमलाई एकै ठाउँ केन्द्रित गर्नुपर्छ: खेलकुदमन्त्री

59
  •  
  •  
  •  

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले युवा लक्षित कार्यक्रमहरुलाई एकै ठाउँ केन्द्रित गर्नुपर्ने बताएका छन् । युवाहरुको नाममा वर्षेनी राज्यको करोडौं रकम खर्च हुने गरेको भएपनि उक्त रकम लक्षित वर्गसम्म पुग्ननसकेको तर्फ ईगिंत गर्दै मन्त्री गहतराजले युवा लक्षित गतिविधिहरुलाई एउटै संयन्त्रमा ल्याउनुपर्ने बताए ।

मन्त्री गहतराजले प्रधानमन्त्री स्वरोजगार कार्यंक्रम, गरिबी निवारण कोष र आफ्नो मन्त्रालयको मातहतमा रहेका युवा परिषद तथा युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई एकै ठाउँमा केन्द्रित गरेर लक्षित वर्गसम्म बृहत रुपमा पहुँच विस्तार हुने खालको वातावरण बनाउनुपर्ने बताए ।
कुल जनसंख्याको ४० प्रतिशत युवाहरुको मनोभाव बोकेको मन्त्रालयको जिम्मेवारी आफुले सम्हालेको बताउँदै मन्त्री महतराजले सबै कार्यक्रमहरुलाई मन्त्रालयकै मातहतमा ल्याएर नयाँ ढंगले अगाडी बढ्नुपर्ने धारणा राख्दै आएका छन् ।

मन्त्रालयमार्फत युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउनसहुलियतमा ऋण तथा अनुदानप्रवाहगर्ने भनिएता पनि नीतिगत रुपमै समस्या देखिएकाले त्यसको कार्यान्वयन पक्ष फितलो रहेको मन्त्री गहतराजले बताए ।


  •  
  •  
  •