‘राष्ट्रिय उद्योगलाई स्वाभिमानसँग जोड्नुपर्ने समय आयो’

135
  •  
  •  
  •  

काठमाडौ, १३ असोज(ओएनएस) :उद्योगमन्त्री महेश बस्नेतले स्वदेशी उत्पादनको प्रयोगलाई प्रत्येक नेपालीले व्यवहारमा उतारेर स्वदेशी उद्योगको प्रोत्साहन गर्नुपने बताएका छन् ।

‘आज हामी सबैले स्वदेशी उत्पादनको प्रयोगलाई राष्ट्रियतासँग जोडेर हे¥यौं भने उद्योग क्षेत्रको विकास अवश्य सम्भव छ’ उनले भने । सोमबार उद्योग मन्त्रालयको कार्य प्रगती तथा योजना सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री बस्नेतले उद्योगलाई राष्ट्रिय स्वाभिमानसँग जोड्नुपर्ने समय आएको बताए ।

उनले युवा शक्तिलाई उद्योगमा संलग्न गराउने किसिमबाट मन्त्रालय अघि बढ्न लागेको समेत जानकारी दिए । उद्योग क्षेत्रमा विद्यमान समस्या समाधान गर्न उद्योग मन्त्रालयको क्षेत्राधिकार स्पष्ट हुनुपर्ने मन्त्री बस्नेतको धारणा छ ।

उद्योगसँग सम्बन्धित कामको लागि पनि अन्य मन्त्रालयको निर्णय पर्खिनुपर्ने अवस्था अन्त्य हुर्नुेमा मन्त्री बस्नेतको जोड छ । उनले भने ‘अहिले उद्योग स्थापनाको लागि पनि वन तथा वातावरण मन्त्रालयसँग विभिन्न प्रक्रियाहरूमा जोडिनु पर्ने अवस्था छ । ’

यस्तो अवस्थामा लगानीकर्ताहरू आकर्षित हुन नसक्ने मन्त्री बस्नेतले जानकारी दिए । कार्यक्रममा उद्योग मन्त्रालयका सचिव उत्तम कुमार भट्टराईले विशेष आर्थिक क्षेत्र तथा बन्द उद्योग सञ्चालनका लागि मन्त्रालयले अन्तिम तयारी गरिरहेको जानकारी दिए । उनका अनुसार बन्द रहेको औषधी उद्योग सञ्चालनका लागि अर्थमन्त्रालय सँग बजेट पेश गरिसकेको छ ।

त्यस्तै भैरहवामा निर्माण सम्पन्न भएको विशेष आर्थिक क्षेत्रको आगामी कात्तिक भित्र उद्घाटन सम्पन्न हुने भट्टराईले बताए । कार्यक्रममा मन्त्रालयकी प्रवक्ता यमकुमारी खतिवडाले हालसम्मको प्रगती तथा आगामी योजना प्रस्तुत गरेकी थिइन् ।

उनका अनुसार मन्त्रालयले विभिन्न ऐन तथा नीति परिमार्जन र संसोधनका लागि करिब सम्पूर्ण प्रक्रिया पुरा गरिसकेको अवस्था छ । त्यस्तै मन्त्रालयको सुशासन तथा संस्थागत सुधारका लागि छुट्टै आईपी कार्यालय स्थापना गर्ने, कम्पनी रजिष्ट्रार कार्यालय कार्यालयको शाखा विस्तार तथा अनलाइन दर्ता, औद्योगिक प्रोफाईलको सफ्टवेयर लागु गर्ने योजना रहेको उनले जानकारी दिइन् ।


  •  
  •  
  •