देशलाई अ‍ैद्योगिकरणका लैजान अर्थमन्त्रालयले सहयोग नगरेको उद्योग मन्त्रीको आरोप

187
  •  
  •  
  •  

mahesh basnetकाठमाडौं, २७ कात्तिक(ओएनस) : उद्योग मन्त्री महेश बस्नेतले देशलाई अ‍ैद्योगिकरणका लैजानका लागि अर्थमन्त्रालयले सहयोग नगरेको आरोप लगाएका छन् ।

उनले देशमा औद्योगिकीकरण नहुनुमा पनि अर्थ मन्त्रालय नै दाषी रहेको बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले वैदेशिक लगानी भित्राउनको लागि अर्थ मन्त्रालयले आवश्यक नीति बनाउन नसकेको आरोप लगाए ।

बस्नेतले राजश्व संकलन बाहेक अर्थमन्त्रालयले अरु उपलब्धी गर्न नसकेको बताए । साथै नीति सुधार नगरेसम्म जति राजश्व संकलन गरेपनि देशमा विकास हुन नसक्ने स्पष्ट पारे ।‘
‘राजश्व संकलन गरेरमात्र देशमा केहि हुदैन औद्योगिक क्रान्तीका लागि जनताका आवश्यकता पुरा गर्ने उद्योग स्थापना गर्नुपर्छ’ उनले भने ।

साथै बन्द उद्योग संचालनमा ल्याउन अर्थमन्त्रालयले सहयोग गर्नुपर्नेमा जोड दिए ।  नेपालमा औद्योेगिकीकरणको लागि नँया वैदेशिक लगानी नीति आवश्य रहको मन्त्री बस्नेतले बताए ।

अर्थमन्त्रालयको असहयोगले केही पर गए पनि छिट्टै वैदेशिक नीति ल्याउने मन्त्री बस्नेतले प्रतिबद्धता जनाए ।
समस्याका बावजुत पनि देशमा नँया उद्योग खुल्न लागेको भन्दै उनले भैरहवामा निर्मित विशेष आर्थिक क्षेत्र सेजको आगामी मंसिरका उद्दघाटन गरिने जानकारी दिए ।

५५ करोडको लागतमा बनेको उक्त आर्थिक क्षेत्र ५२ बिघामा फैलिएको छ ।


  •  
  •  
  •