गुण्डागर्दि र अनिमितता अन्त्य गरौ : मन्त्री बस्नेत

94
  •  
  •  
  •  

mahesh basnetकाठमाडौं, २ माघ (ओएनएस)  : उद्योगमन्त्री महेश बस्नेतले निमार्ण व्यवसायमा देखिएका गुण्डागर्दि र अनियमितता अन्त्य गर्न आग्रह गरेका छन् ।

‘निमार्ण व्यवसायमा देखिएका गुण्डागर्दि र अनिमितता अन्त्य गर्न सामुहिकरुपमा पहल गरौँ म साथ दिन तयार छु’–मन्त्री बस्नेतले भने ।

शुक्रबार उद्योगमन्त्रालयमा निमार्ण व्यवसायिसँगको भेटमा उनले नयाँ बन्ने औद्योगिक ऐनमा निमार्ण व्यवसायलाई राष्ट्रिय प्राथमिकता उद्योगको रुपमा राख्न लागिएको बताए । उनले उद्योगको फराकिलो र नयाँ परिभाषा दिन मन्त्रालय लागिपरेको उल्लेख गरे ।

मन्त्री बस्नेतले उद्योगको विकास र प्रबद्र्धनका लागि स्थानीयविकास मन्त्रालय, वन मन्त्रालय र वातावरण मन्त्रालयबीच समन्वयन हुनुपर्नेमा जोड दिए । उनले उद्योग व्यवसायको क्षेत्रमा देखिएका कानुनी जटिलता र ऐन नियममा भएका प्रावधानलाई उद्योगमन्त्री बनाउने प्रतिवद्धता जाहेर गरे ।

निमार्ण व्यवसायि महासंघका अध्यक्ष शरदकुमार गौचन नेतृवको टोलिले शुक्रबार उद्योगमन्त्री बस्नेतलाई माग सहितको ज्ञापनपत्र बुझाएको थियो ।


  •  
  •  
  •