‘माघ ८ पछि केपी ओलीलाई प्रधानमन्त्री बनाउनुपर्छ’ : मन्त्री बस्नेत

209
  •  
  •  
  •  

mahesh basnetकाठमाडौँ, २२ पुस (ओएनएस) : उद्योगमन्त्री महेश बस्नेतले माघ ८ पछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताएका छन् ।

युवा संघले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा माघ ८ मा संविधान जारी भएको वा नभएको अवस्थामा वर्तमान सरकारले नैतिकताको आधारमा कुर्सि छाड्नु पर्ने बताए ।

उनले काँग्रेस–एमाललेको अहिलेको सरकार माघ ८ मा संविधान जारी गर्न बनेको बनाउँदै माघ ८ पछि यो एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउनु पर्ने बताए ।

एमालेको भातृसंगठन युवा संघका अध्यक्ष समेत रहेका बस्नतेले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले सहमति गर्न नसके आफै मस्यौदा तयार पार्नको लागि गरेको प्रस्ताव सकारात्मक भएको बताउँदै काँग्रेस र विपक्षी मोचालाई यसमा समर्थन गर्न आग्रह गरे ।

सहमति गरेर निर्धारित मितिमै संविधान जारी गर्नुपर्छ भन्दा एमाओवादीले एमालेलाई दक्षिणपन्थीको आरोप लगाएकोप्रति इङ्गित गर्दै उनले संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराई र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमति निर्माणमा नाजायज माग राख्नु सही नभएको बताए ।

मन्त्री बस्नेतले सामाजिक सद्भाव कायम गर्ने, विकेन्द्रीकरणको अवधारणा बोकेको, हिमाल, पहाड र तराई सबै नेपाली एकताबद्ध भएर मिलेर बस्ने खालको सङ्घीयता मुलुकलाई आवश्यक भएको भन्दै जातीय आधारमा सङ्घीयता बन्दा राष्ट्रको हित नहुने बताए ।


  •  
  •  
  •