‘माग नसुने देश जातीय युद्धसहित विखण्डनमा जान्छ’

133
  •  
  •  
  •  

काठमाडौं, २७ असार (ओएनएस) : तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आफूहरुले उठाएको जायज मागलाई बेवास्ता गरे मुलुक जातिय द्धन्द हुँदै विखण्डन तिर जाने चेतावनी दिएका छन् ।

राजधानीमा आईतबार आयोजित एक कार्यक्रममा उनले संविधानको पहिलो मस्यौदा अन्तरिम संविधान भन्दा तल झरेको गुनासो गर्दै अन्तरिम संविधानको भावना अनुसार सहमतिमा संविधान जारी हुनुपर्ने धारणा राखे ।

पछिल्लो समयमा दलहरुबीच सीमाङकन र नामाङकन सहितको संविधान जारी गर्ने र संविधानसभाबाट संविधान जारी गर्ने भनि आएको कुरालार्य सकारात्मक भन्दै १६ बुँदे सम्झौता गर्ने दलहरुले नै यो कुरा गरेकोले आफूहरुको आशंका पुष्टि भएको दाबी गरे ।

उनले संसदमा ह्वीप लाग्ने भएकोले सीमाङकनको विषयमा संसदबाट पारित गराउने भन्ने कुरा संघीयता नै नल्याउने योजना अन्तर्गत आएको आशंका ब्यक्त गरे ।

यादवले नागरिकताको सवालमा मस्यौदा पञ्चायति संविधान भन्दा तल झरेको गुनासो गर्दै यसले मधेसी जनता नेपाली मुलका भन्ने अर्थमा नसमेट्ने बताए ।


  •  
  •  
  •