’विराटका लागि त्याग गर्दै’ भारतीय क्रिकेट कप्तान धोनीले दिए राजीनामा

466
  •  
  •  
  •  

cricket-indiaकाठमाडौं, २१ (एजेन्सी) :  भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले भारतको एक दिवसीय तथा ट्वान्टी–ट्वान्टी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका छन् ।
धोनीले टेस्ट क्रिकेटको कप्तानबाट यसअघि नै राजीनामा दिएका थिए ।

यद्यपि उनी विकेटकिपर ब्याट्सम्यानका रुपमा भने टिमका लागि अझै उपलब्ध हुनेछन् ।

३५ वर्षीय धोनी २००७ मा भारतीय टिमको एक दिवसीय तथा ट्वान्टी–ट्वनन्टी क्रिकेटको कप्तान बनेका थिए । धोनीकोे कप्तानीमा भारतले २००७ मा टी २० विश्वकप, २०११ मा विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफी जित्यो ।

भारतीय क्रिकेट बोर्ड बिसिसिआईले वक्तव्य जारी गरेर धोनीले एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेटको कप्तान पदबाट हट्ने फैसला गरेको जानकारी दिएको हो ।

टेस्ट कप्तान विराट कोहलीले धोनीको ठाउँ लिने सम्भावना छ । भारतका पूर्व क्रिकेटर चेतन चौहानले महेन्द्र सिंह धोनीले विराट कोहलीका लागि ठूलो त्याग गरेको बताएको हिन्दुस्तान टाइम्सले जनाएको छ


  •  
  •  
  •