महेन्द्र नारायण निधि राष्ट्रिय पुरस्कार नौलखा र शास्त्रीलाई

971
  •  
  •  
  •  

काठमाडौं, १३ फागुन (ओएनएस) :  यस वर्षको महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार भिमराज नौलखा र ढुंण्डिराज शास्त्रीले बुधबार पाएका छन् ।

नेपाली कांग्रेसका संस्थापक तथा गान्धीवादी आन्दोलनका नेता महेन्द्रनारायण स्मृति प्रतिष्ठानले उनकै नामबाट स्थापित पुरस्कार प्रजातन्त्र सेनानीद्वयलाई प्रदान गरेको हो । दुबैलाई नगद ५१ हजार रुपैयाँ रासीसहितको पुरस्कार प्रधानमन्त्री सुशील कोइरालाले प्रदान गरेका हुन् ।

नेपाली कांग्रेस स्थापना पछिका वर्षहरुमा स्वगीय निधिसहित कांग्रेसका संस्थापकहरुले चलाएका अभियानमा शसक्त भूमिका निर्वाह गरेका प्रजातन्त्र सेनाीहरुलाई राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको हो ।

यसैगरी प्रेम सागरी देवी निधि पुरस्कार समाजसेवीद्वय इन्दीरा सापकोटा र मिना खरेललाई प्रदान गरिएको छ । समाजमा महिला हकहित र स्वालम्बनका कार्यक्रम संचालन गरेवजापत उनीहरुलाई पुरस्कार प्रदान गरिएको हो ।

२५ हजार रुपैयाँ नगदसहितको पुरस्कारको आजै उनीहरुलाई प्रदान गरिएको हो । शान्तिवादी नेता महेन्द्र नारायण निधिकी पत्नी प्रमसागरी देवीका नामबाट स्थापित पुरस्कार महिला हकहित र स्वाबलम्बनका क्षेत्रमा काम गर्ने संघसंस्था तथा व्यक्तिलाई प्रदान गरिदै आएको छ ।


  •  
  •  
  •