सरकारको नीतिमा पत्रकार महासंघको आपत्ती

104
  •  
  •  
  •  

mahendra_bista१. नीति तथा कार्यक्रममा पत्रकारको आचारसंहिता सरकारले संशोधन गर्ने विषय राखिनु आपत्तीजनक छ । पत्रकारको आचारसंहिता पत्रकारले आफ्नो लागि आफै निर्धारण गर्ने बन्धन हो ।

अहिलेको आचारसंहिता नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलले संयुक्तरुपमा जारी गरेको र संयुक्तरुपमै पुनरावलोकनको गृहकार्य भैरहेको विषय हो । यसलाई सरकारले लागू गर्ने नीतिका रुपमा समेट्ने कुरा प्रेस स्वतन्त्रता र लोकतान्त्रिक प्रणालीमा कल्पना नगरिने कुरा हो । यसमा आपत्ती छ ।

२. अनलाइन मिडियालाई व्यवस्थित गर्ने कुरा प्रेस कानुनले हो । यसमा छुट्टै कानुनको कल्पना गरिनु रहस्यमय र शंकास्पद छ ।

३. भूकम्पपीडित पत्रकार र सञ्चारमाध्यमकाप्रति उदासिन रहनु खेदजनक छ ।

४. नेपाल पत्रकार महासंघको पहलमा अघिल्लो बजेट वक्तब्यमा समेटिएको र निरन्तरको प्रयासका बाबजुद सरकारको सम्बन्धित निकायले जालझेल र आलटाल गरेको कारण कार्यान्व्यन हुन नसकेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना, पत्रकारको बीमा र द्धन्द्धपीडित पत्रकार कल्याण कोषलाई कार्यान्वयन गरिने विषय नीति तथा कार्यक्रममा समेटिने अपेक्षा थियो, तर समेटिएन ।

५.रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गर्ने, प्रसारणलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्ने, आमसञ्चार नीति तर्जुमा गर्ने, ब्रोडब्याण्ड इन्टरनेट सुविधा, भूउपग्रह स्थापनाको संभाब्यता अध्ययन गर्ने, एक सय वाट क्षमतासम्मको एफएम रेडियोको नवीकरण जिल्लाबाटै गर्ने जस्ता केही कुराहरु भने सकारात्मक छन् ।

डा. महेन्द्र विष्ट
अध्यक्ष नेपाल पत्रकार महासंघ
सरकारको नीतिमा पत्रकार महासंघको आपत्ती


  •  
  •  
  •