परराष्ट्र मन्त्री जाकार्ता जाँदै

274
  •  
  •  
  •  

mahendra bd pandeyकाठमाडौ, ५ बैशाख(ओएनएस) : परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डे एसियाली तथा अफ्रिकी मुलुकका मन्त्रीहरुको बैठकमा भाग लिन आज इन्डोनेसियाको जाकार्ता जाँदैछन् ।

आगामी बुधबार बस्ने मन्त्रीस्तरीय बैठकमा भाग लिनका लागि मन्त्री पाण्डे आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । जाकार्तामा मन्त्री पाण्डेले विभिन्न देशका आफ्ना समकक्षीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

एसियाली–अफ्रिकी सम्मेलनको ६०औं वार्षिकोत्सव तथा एसियाली–अफ्रिकी रणनीतिक सहकार्य विषयक सम्मेलन आगामी शुक्रबार शुरु हुँदैछ । सम्मेलनमा नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री सुशील कोइराला पनि त्यसतर्फ जाने कार्यक्रम तय भइसकेको छ ।


  •  
  •  
  •