टेस्टबाट जयबर्द्धनेले सन्यास लिने

513
  •  
  •  
  •  

काठमाडौ, ३० असार (एजेन्सी) । श्रीलंकाका पूर्व कप्तान तथा ब्याटस्म्यान माहिला जयबर्द्धनेले टेस्ट क्रिकेटबाट सन्यास लिने भएका छन् ।  आगामी अगस्तमा हुने पाकिस्तानविरूद्धको खेलपछि उनले टेस्ट क्रिकेटबाट सन्यास लिने भएका हुन् । उनले एकदिवसिय खेलमा भने खेलिरहने बताएका छन् । यसअघि उनले टि–२० क्रिकेटबाट गत अप्रिलमा सन्यास लिएका थिए ।

३७ वर्षिय जयबर्द्धनेले सन् १९९७ मा भारतविरूद्धको टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । १ सय ४५ टेस्ट खेल खेलेका उनले ११ हजार ४ सय ९३ रन जोडेका छन् । उनले बनाएको उक्त रन कुनै श्रीलंकाली खेलाडीले बनाएकोमध्ये सबैभन्दा धेरै हो । उनले टेस्ट क्रिकेटमा ३३ वटा शतक र ४८ वटा अर्धशतक प्रहार गरेका छन् । उनले यसका लागि २ सय ४४ इनिङ खेलेका थिए । उनले २ सय ४४ इनिङ खेल्दा ५०.१८ को औसतमा रन जोडेका थिए । उनले उक्त क्रममा १३ सय ५० वटा चौका र ६० वटा छक्का र १ सय ९७ वटा क्याच लिएका छन् । यस्तै, उनले २२ इनिङमा बलिङ गर्दै ६ विकेट समेत लिएका छन् ।

उनले सन्यास लिने जानकारी दिने क्रममा भने, ‘यो कुनै सहज निर्णय होइन । विगत १८ वर्षदेखि देशको तर्फबाट खेल्न पाउनु मेरो लागी निकै गर्वको कुरा हो । तर, मलाई लाग्छ यो समय नै मेरो सन्यास लिने सही समय हो ।’
जयबर्द्धनेले सन् २००६ देखी २००९ सम्म टोलीलाई सम्हालेका थिए भने सन् २०१२ देखी करिब १२ महिना पुन टोलीको नेतृत्व गरेका थिए । (तस्वीर : एएफपी)


  •  
  •  
  •