‘भारतलाई गाली गर्दैमा राष्ट्रवादी भइदैन’

149
  •  
  •  
  •  

rajendra mahatoभक्तपुर, १५ चैत(ओएनएस) : सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमाले कांग्रेसले दुई तिहाईको दम्भ देखाएकै कारण संविधान जारी हुन नसेको बताएका छन् ।

रफत सञ्चार क्लव भक्तपुरले आयोजना गरेको अन्र्तसंवाद कार्यक्रममा महतोले विगतमा गरेका सहमति र सम्झौतालाई लत्याएर दुइ तिहाईको दम्भमा संविधान जारी गर्ने सपना देखे दिउँसै संविधान जल्ने र त्यसको परिणाम भयानक हुने चेतावनी दिएका छन् ।

उनले विगतका सहमतिलाई लत्याएर गरिने कुनै पनि वार्ताबाट निकास ननिस्कने भन्दै हाल शीर्ष नेता र अन्य वार्ताहरू केवल चिया गफ मात्र भएको टिप्पणी गरेका छन् । सभामुखले कांग्रेस र एमालेको कार्यकर्ताको भूमिका खेल्दा समस्या झनै बल्झदै गएको महतोको दावी छ ।

सबैजसो विषय मिल्ने छेक छन्द भएता पनि पाँच जिल्लाका विषयमा कांग्रेस एमालेको यथास्थिति सोचकै कारण सहमतिका लागि मिलनको बिन्दू देखा नपरेको उनले बताए । उनले भने, ‘सहमतिका लागि समेत मोर्चाको अन्दोलन आवश्यक रहेको र आन्दोलनबाटै उपलब्धि हासिल गर्न नेपालमै पहिलो पटक सबै पहिचानवादीहरू एकै स्थानमा रहेर अन्दोलन जारी राखेको छ ।’

उनले भने, ‘एक मधेश एक प्रदेशको नारालाई गलत रुपमा ब्याख्या गरेर जसरी काँग्रेस एमालेले तराई र पहाडी बीचको सद्भाव खल्बलाउँदै छन् यो गलत नियत हो ।’ पहिलो अन्दोलनमा एक प्रदेशका बारे सहमति भए पनि पछिल्लो आन्दोलनमा दुई प्रदेश भएको र जनताको माग अनुसार प्रदेश निर्धारण गरिनु पर्नेमा उनले जोड दिए ।

सीमा अतिक्रमणका विषयमा नेपालकै कुटनितिक क्षेत्र कमजोर रहेको र अरू देशलाई गाली गर्दैमा राष्ट्रियता बलियो नहुने भन्दै महतोले आफ्नो क्षेत्र मजबुद पार्दै छलफल अगाडी बढाउनु पर्नेमा जोड दिएका छन् । उनले भने, ‘भारतलाई गाली गर्दैमा राष्ट्रवादी भईन्छ भन्ने सोचबाट नेपालका नेताहरू पर रहन नसक्नु दुःखको विषय हो ।’

विभिन्न विषयमा जनमत संग्रह गरिनु पर्छ भन्ने भनाई हरु जसरी बाहिर ल्याँईदै छ यसले हाल सम्मका उपलब्धिहरुलाई ओझेलमा पार्ने भन्दै महत्तोले यो सबै षड्यन्त्रले संविधान झनै ओझेलमा पार्ने सम्भावना बढेको शंका व्यक्त गरे ।


  •  
  •  
  •