वीरगञ्ज नाका मात्र बन्द गर्नुको अर्थ छैन : महतो

165
  •  
  •  
  •  

काठमाडौँ, २१ माघ(ओएनएस) : सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले देशभरका सबै नाका बन्द गर्न नसक्ने भए वीरगञ्ज नाका पनि खोल्नुपर्ने बताएका छन् ।

विराटनगरमा बिहिबार सञ्चारकर्मीसँग कुराकानी महतोले सबै नाका बन्द गर्न नसकिने अवस्थामा वीरगञ्ज नाका पनि खोल्नुपर्ने प्रस्ताव मोर्चाको बैठकमा राखेको बताएका छन् । उनकै नेतृत्वमा वीरगञ्ज नाका गत असोज ७ गतेदेखि ठप्प रहेको छ । भारतसँग जोडिएका विराटनगर, नेपालगन्ज र भैरहवासहितका अन्य नाका सुचारू रहेकाले वीरगञ्ज मात्र बन्द गर्न नहुने तर्क उनले राखेका छन् ।

उनले वीरगञ्ज नाका मात्र बन्द भएका कारण तस्करी बढेको बताए । उनले मधेसमा जारी आन्दोलनका विषयमा भारतीय नेताहरू सकारात्मक भएको भन्दै बिहार भ्रमण पनि सकारात्मक भएको उल्लेख गरेका छन् । उनले भारतीय नेताहरूले पहिले पनि सहयोग गरेको र अहिले पनि सहयोग गर्नेमा आफूहरू ढुक्क रहेको बताएका छन् ।

महतो मधेसी मोर्चाका अन्य नेताहरुसँग बिहारमा राष्ट्रिय जनता दलका नेता लालुप्रसाय यादवसहितलाई भेटेर विराटनगर फर्केका हुन् ।


  •  
  •  
  •