महतो पुनः बिरामी

173
  •  
  •  
  •  

rajendra mahatoकाठमाडौँ, ६ माघ(ओएनएस) : सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पुनः बिरामी परेका छन् ।

मोरङको विराटनगरमा प्रदर्शनका क्रममा प्रहरीको कुटाइबाट घाइते भएका महतोलाई बिरामी परेपछि उनी लाहानस्थित मारुती होटेलमा आराम गरिरहेका छन् । उनी होटेलको कोठा नं. १५५ मा भर्ना भएर उपचार गराइरहेका छन् ।

महतो डेढ साता भारतको दिल्लीमा उपचार गराई चार दिनअघि मात्र नेपाल फर्किएका थिए । स्वेदश फिर्तीभएसँग उनी राजनीतिक भेटघाटमा व्यस्त भएपछि उनलाई पुरानो चोट दुख्न थालेको, ब्लड प्रेसर र सुगरको मात्रा बढेको, रिँगटा लाग्ने जस्ता समस्या देखिएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

महतो बिरामी परेपछि सिरहाको माडरमा मोर्चाले बुधबार दिउँसो आयोजना गरेको आमसभामा पनि सहभागि भएनन् ।


  •  
  •  
  •