काँग्रेस–एमालेले विपक्षीसँग घुँडा टेक्दैन : अर्थमन्त्री

154
  •  
  •  
  •  

काठमाडौं, कात्तिक २२ (ओएनएस) : अर्थमन्त्री डा. रामशरण महतले सत्तारुढ दलको साझा प्रस्तावलाई नै विपक्षीहरुले स्विकार गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।
शनिवार काठमाडौंमा बोष्टर मिडियाको वार्षिकोत्सवका अवसरका उनले माघ ८ गते संविधान जारी नभए नेपाली जनताले आफूहरुलाई कहिले पनि माफ गर्न नसक्ने बताएका छन् ।
‘विपक्षीहरुले भनेजस्तो देशमा जातीय राज्य बनाउने पक्षमा हामी छैनौं ’ उनले भने ‘हामी विपक्षीहरुसँग कुनै पनि हालतमा घुँडा टेक्दैनौं ।’
सरकारले नेपालमा लगानी गर्ने बतावरण बनाउने र अनियमियता गर्नेलाई सरकारले नियन्त्रण गर्ने काम सरकारले गरिरहने बताए ।

देशको विकास जुन गतिमा हुनु पर्ने त्यो हुन नसकेपनि निरन्तर विकास भने हुदै गएको उनले बताए । मन्त्री महत्तले २०४९ सालमा गरिवीको रेखा मुनी ५९ प्रतिशत जनता रहेकोमा अहिले २३ प्रतिशतमा मात्र रहेकोे बताए ।

कार्यक्रममा डा. महतले पत्रकारिता क्षेत्रमा उल्लेखीय भूमिका निर्वाह गरेकोमा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला, सभासद बहादुर सिंह तामाङ्, अर्जुन पराजुली , पुन्यप्रसाद रेग्मी, गान्धी पण्डित र शिव अधिकारी लगायतलाई अभिनन्दन गरेका थिए ।


  •  
  •  
  •