माघ ८ मा संविधान आउने संभावना सकियो : नेता महत

378
  •  
  •  
  •  

दाङ, १५ पुस (ओएनएस) : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रि डाक्टर प्रकाशसरण महतले माघ ८ मा पूर्ण संविधान जारी हुने सम्भावना सकीएको बताएका छन् ।

दाङमा सोमबार आयोजित पत्रकासम्मेलन डाक्टर महतले दलहरुविच सहमति हुने सम्भावना टर्दै गएकाले माघ ८ मा संविधान जारी हुन नसकने बताए । महतले तोकिएकै समयमा संविधानको मसौदा भएपनि जारी गर्नुपर्ने बताए  ।

महतले भने– ‘ संविधान सभामा छुटै माग राख्ने चित्रबहादुर तथा कमल थापा पनि छन् सहमति हुनेत कुरै भएन सहमति नभएपनि बहुमतिय प्रणालीलाई अगाल्दै संविधान बनाउनु निर्माण गनुपर्छ, जनतालाई विश्वासमा लिन पनि मसौदा जारी गनुपर्छ ।’

उनले सहमतिका लागि हदैसम्म प्रयास गर्ने त्यसो हुन नसके दुई तिहाईबाट संविधान निर्माण गनुपर्ने बताए । महतले भने –‘ सवै दलको घोषणा पत्रमा दुइतिहायले भएपनि संविधान दिने लेखीत सम्झौतानै छ ।’

महतले माओवादी लगायत मधेसवादी वादी दलहरुले छलफल तथा दवाव दिने स्थान संविधान सभा भएको भन्दै सडकमा आन्दोन गर्नु तर्क सङगत नभएको बताए ।


  •  
  •  
  •