महाराजलाई चार दिनको म्याद थप

42
  •  
  •  
  •  

विराटनगर । बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा जगतगुरु कृष्णदासजी महाराजलाई सुनसरी जिल्ला अदालतले चार दिनको म्याद थप गरेको छ ।

अदालतले म्याद थपका क्रममा कृष्णदासजी महाराजलाई अस्पतालमै राखेर उपचार गर्ने गरि समय म्याद थप गरेको हो ।

अदालतका अनुसार म्याद थप गरिएको समयमा प्रहरीले अनुसन्धानलाई अघि बढाउने छ । पीडितको विषयमा अनुसन्धान गर्दै चौथो दिन प्रहरीले सरकारी वकिललाई कागजपत्र बुझाउने छ ।

कृष्णदासजीका निकटतम्का अनुसार उनलाई विराटनगर अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको छ ।

कृष्णदासजीलाई सोमबार बिहान ४ बजे नै सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माको नेतृत्वले अस्पतालको आसियुबाटै पक्राउ गरेको थियो ।


  •  
  •  
  •